काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अति प्रभावित १४ वटा जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै १४ वटा जिल्लाका विद्यालयमा नजान विद्यार्थी तथा अभिभावकमा आग्रह गरेको हो ।
मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका विद्यालयमामा नगइदिन आग्रह गरेको हो । मन्त्रालयले यी जिल्लालाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
त्यसैगरी मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।





