नेकपा एमालेले झापाको गौरादहमा नावसागर उतारेको छ । बिहिबार चुनावीसभामा बिशला मानवसागर उतारेको हो । गौरादहका चारैतिरबाट आएका र्यालीहरु गौरादह एमालेमय बनेको थियो । यस क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनमानस यस चुनावीसभामा जुटेको स्थानीयहरुले बताएकाछन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने सूचना पाएपछि प्रत्येक वडाहरुले शक्ति प्रर्दशन सहित गौरादहमा जनमानस उतारेका थिए । यस क्षेत्रका साँसद दीपक कार्कीले गौरादहमा एमालेको जित भइसकेको उपस्थितिले देखाएको दाबी गर्दै यो उपस्थिति देखेर सबै चकित भएको जनाए । अरुले बिकासका लागि यहाँ सिक्नको पनि नभाचेको भन्दै जनताका प्रतिनिधि बन्छौ भन्नु दिवस्वप्न मात्र भएको उनको भनाइ थियो ।
स्थानीय युवा नेता दुर्गा गौतमले युवा पुस्तादेखि लिएर जेष्ठ नागरिकसम्मले एमालेप्रति अथाह आस्था राखेर आमसभामा सहभागि भएको बताउदै सायदै झापामा यति ठूलो जनमानस अहिलेसम्म कहि पनि उपस्थिति नरहेको दाबी गरे । झापामा गौरादहबाट बिजययात्रा शुरु भइसकेको उनले बताए ।
वडा नं १ का वडाध्यक्षका उम्मेद्वार नगेन्द्र भण्डारीले गौरादहमा देखिएको जनसागरले आफूहरुको जितको ढोका खोलेको र अब यस क्षेत्रका बासिन्दाको सम्बृद्धिको सपना आफूहरुले पुरा गर्ने बताए । उनले आफूहरुप्रतिको आस्था र बिश्वास मर्न नदिने भन्दै यसले आफूहरुलाइ निक्कै उत्साहित बनाएको उनको भनाइ थियो ।
गौरादहमा मेयरमा मदन अधिकारी र उपमेयरमा गिता भेट्वाल उम्मेदवार रहेकाछन् । उनिहरुको पक्षमा जनलहर देखिएपछि काँग्रेस, माओबादी लगायतका पार्टीहरुले पनि केन्द्रिय शिर्षस्थ नेताहरु सहितका कार्यक्रमहरु तय गरेको बताईएको छ ।



