विद्यालयमा कसैलाई कोरोना संक्रमण देखिएका एकसता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार महानगरका विद्यालयहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो। कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना सक्रमण पाइएमा त्यो विद्यालय कम्तिमा १ साता बन्द गर्न आग्रह गरिएको छ । त्यसअवधिका अनलाइन त्यस अवधिमा बैकल्पिक माध्यमबाट शिक्षण पढाइ सञ्चालन गर्न भनिएको छ। विद्यालयमा संक्रमणबाट बच्नका लागि पालना गर्नुपर्ने मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरिएको छ।




