झापा — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा माधब नेपाल पक्षधर नेकपा एमालेको जिल्ला कमिटी घोषणा गरिएको छ । घोषित जिल्ला कमिटी ३५१ सदस्य रहेको छ । झापाको बिर्तामोडमा आज नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा जिल्ल कमिटी घोषणा गरिएको हो ।
उक्त कार्यक्रमलाई संबोधन गर्दै एमाले बरिष्ठ नेता माधब कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देश र पार्टी दुबै तिर नोक्शानी भईरहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीसँग आफूहरुको कुनै व्यक्तिगत रिसइवी नभएको प्रष्ट पारे ।
नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीकै गृहनगरबाट ओलीलाई सुध्रन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले झुटको खेती गरिरहेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले झुटको खेती गर्न समुह बनाएको र त्यसलाई साइवर स्याल भन्ने गरिएको नेता नेपालको भनाइ थियो ।
आफ्नो मन्तब्यको अधिकांश समय ओलीको कटाक्षमा खर्चिएका नेता नेपालले ओलीको चरित्र भनेकै आफूलाई मन नपरेको मान्छेलाई पत्ता साफ बनाउने मात्रै रहेको दावी गरे ।
कार्यक्रममा पार्टीका उपमहासचिव घनश्याम भुषलले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा बमोजिमनै अदालतको पछिल्लो फैसला आएको उल्लेख गरे ।
नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah