काठमाडमौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि दिएको निर्देशन अनुसार जिल्ला प्रशासनले बुधबारदेखि उपत्यकाका शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको हो ।
वैशाख मसान्तसम्म कुनै पनि शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित नभइ भर्चुअल विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ । निर्धारित परीक्षा भने मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेभएको छ ।
त्यसैगरी सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहारी साँझ, आमसभा, आन्दोलन, जुलुस लगायतका भीडभाड हुने कुनै पनि गतिविभि वैशाख मसान्तसम्म नगर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दाबढी मानिस भेला हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।




