जसमा नेपालसहित भारत, इन्डोनेसिया, म्यान्मार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरिया लगायतका मुलुकमा अन्धोपन हटाउन काम गरिने भएको छ । बेलायती अर्बपति तेज कोहली लामो समयदेखि अन्धोपन हटाउने अभियानम सक्रिय छन् । मोतियाविन्दुबाट दृष्टिविहिन बनेका विश्वका १० लाख मानिसलाई सेवा पुर्याउने लक्ष्य राखिएको जनाइएको छ । फाउन्डेसनले सन् २०२६ भित्रै चारलाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतियाविन्दुको समस्या देखिएको छ ।



