जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म जिल्लाव्यापी ‘निषेधाज्ञा’ जारी गरेको छ।

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस्तो आदेश जारी गरेका हुन्।

‘निषेधाज्ञा’ आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए।

कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो आदेश गर्नुपरेको पराजुलीले बताए।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’

यो आदेशसँगै अत्यावश्यक सेवाका लागि मात्र सवारीसाधन, पसल खुला गरिएको छ।

सार्वजनिक एवम् निजी सवारीसाधन एक साताका लागि काठमाडौं जिल्लाभरि रोक लगाइएको छ।

भक्तपुर र ललितपुर जिल्लाले पनि सोही किसिमको आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले काठमाडौं प्रशासनले जारी गरेको आदेशलाई निरन्तरता दिएको जनायो।

‘जिल्ला मात्रै फरक पर्‍यो अरू सबै एउटै छ, काठमाडौंले जारी गरेकै आदेश पूरै हो,’ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि काठमाडौं प्रशासनको जस्तै आदेश जारी गरिएको बताए।

अत्यावश्यक रुपमा सवारीसाधन चलाउनेलाई पनि पास, परिचय पत्र चाहिने भएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारीसाधन जिल्लाभित्र प्रवेशमा रोक लगाइने छ।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरेर मात्र सञ्चालन गर्न पाइने उनले बताए।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको पास लिएर सवारी चलाउन पाइने निर्णयमा उल्लेख छ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइने छ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारीसाधनको व्यवस्था गरिने निर्णयमा उल्लेख छ।

अस्पताल आउने जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने भए प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने छ।

यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसलबाहेकका अन्य पसल हाललाई बन्द गरिने छ। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ।

डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।

पत्रकारको हकमा सूचना विभागले जारी गरेको परिचयपत्र चाहिने छ। काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले स्थानीय तहले तोकेको क्वारेन्टाइन होम आइसोलेसनमा बस्नुपर्ने छ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय लगायत सञ्चालन बन्द गरिएको छ। विवाह तथा ब्रतबन्धको हकमा बढीङ्गा १५ जना सहभागी हुन पाउने छन्। तर, त्यसमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ।

निषेधाज्ञा आदेश जारी गर्नुअघि सोमबार काठमाडौं, भक्तपर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा बसेका थिए।

कोभिड-१९ को दोस्रो चरणको महामारी बढेपछि यो निर्णय गर्नुपरेको काठमाडौंका सिडि‌ओ पराजुलीले बताए।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ,’ निर्णयमा भनिएको छ, ‘आदेश उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने जानकारी गराइन्छ।’ सेतो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah