नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। समसामायिक राजनीतिक विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले बताए।

कुन-कुन विषयमा छलफल गर्ने भन्ने अजेण्डा तय भइनसकेकाले विषय प्रवेश गरेपछि मात्रै थाहा हुने साहले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चा बनाउन माओवादीले लामो समयदेखि प्रयास जारी राखेको छ।

संयुक्त सरकारको नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवाले आनाकानी गरेकाले मूर्तरुप पाउन सकेको छैन। कांग्रेस माओवादीबीच संयुक्त सरकारका विषयमा सकारात्मक वातावरण बन्दै गएकाले त्यस विषयमा समेत छलफल हुन सक्ने बताएको छ।

यता, जनता समाजवादी पार्टीमा संयुक्त सरकारका विषयमा छलफल गर्न भन्दै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरुले मंगलबारको पदाधिकारी बैठकमा कार्यकारिणी समितिको बैठकको माग गरेका छन्।

जसपाको अनौपचारिक रुपमा बसेको पदाधिकारी बैठकमा यादव र भट्टराईले कार्यकारिणी समितिको बैठक माग गरेपनि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लगायतका नेताहरुले कोरोना संक्रमण बढ्दै गएकाले बैठक राख्न उपयुक्त नहुने धारणा राखेपछि बिनानिश्कर्ष टुंगिएको नेताहरुले बताएका छन्।
-नेपाल लाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah