सत्ता समीकरणलाई लिएर लामो समयदेखि आन्तरिक लडाइँमा फसेको जनता समाजवादी पार्टी (जसपा) को विवाद अझै मिलिसकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र हटाउने समूहबीचको यो आन्तरिक द्वन्द्व बढेर नेताहरुबीच तँ तँ र म म को अवस्थासम्म पुगेको छ। करिब दुई महिनादेखि सत्ता सहकार्यलाई लिएर विवादमा फसेको जसपाका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र पनि धर्मसंकटमा परेका छन्।

जसपाको साथ लिएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खुट्टो उचालेर बसेका यी दुई दलले अझै पनि ओलीसँग वारपारको लडाइँ थाल्न सकेका छैनन्।

विवाद मिलाउन जसपा नेताहरु पटक पटक भेला हुने गरेका छन्। जसपा पदाधिकारीहरूको बैठक पनि बस्ने गरेको छ। तर पदाधिकारीहरूको बैठकले पछिल्लो समय औपचारिक स्वरुप लिनै पाउँदैन। पछिल्ला केही सातायता नेताहरु पार्टी कार्यालय बालकुमारीमा भेला हुन्छन्, विवाद गर्छन अनि बैठक बस्दै नबसी बाटो लाग्छन्।

जसपा भित्रको विवाद अहिले भुसको आगोझैँ दन्किएर तँ तँ ममसम्मको अवस्थामा पुगेको छ। संसदीय दलको नेतासमेत छान्न नसकेको जसपामा कयौँ पटक कार्यकारिणी समिति र पदाधिकारीको बस्छ तर बिनानिष्कर्ष उठ्ने गर्छ।

यसलाई पुष्टि गर्न हिजोकै बालकुमारीमा बसेको बैठक नै पर्याप्त छ। हिजो (मंगलबार) पार्टी कार्यालयमा बैठक बस्न जम्मा भएका पदाधिकारीहरु उल्टै बाझाबाझ गरेर हिँडे।

स्रोतका अनुसार ओली सरकारलाई सघाउनेबारे चलेको चर्चामा उपेन्द्र यादव र राजेन्द्र महतोबीच बैठक सुरु हुनुअगावै तँ तँ म म भएपछि स्थगित भयो। दुई नेताबीच तितोपिरो भएपछि लकडाउनपछि बैठक बस्ने भनेर नेताहरु बाटो लागे। जसपाको यो अनिर्णयका कारण आजै भोलि नै ओलीविरुद्ध अविश्वास हाल्न तयार कांग्रेस र माओवादीलाई भने नराम्रो झट्का लागेको छ।

ओलीलाई सघाउन २२ जना तयार

ठाकुरले ओलीलाई सघाउने गरी आफ्नो पक्षमा २२ जना सांसद तयार पारिसकेका छन्। ओली मधेस आन्दोलनसहितका मुद्दा फिर्तामा तदारुकता देखाएपछि ठाकुरले सरकारमा नगए पनि सघाएर जाने मुड बनाएका हुन्।

ओली सरकारमा तत्काल नगएपनि ओलीलाई २२ सांसदको साथ हुने ग्यारेन्टीसहितको लिस्ट ठाकुरले बालुवाटार पठाइसकेका छन्। बाबुराम र उपेन्द्रको तीव्र दबाबका बावजुद ठाकुरले आफ्नो पक्षमा बहुमत सांसद जुटाएका हुन्।

स्रोतका अनुसार पूर्व राजपाबाट १५ र पूर्व समाजवादी पार्टीबाट ७ जना गरी २२ जना सांसद ओलीलाई सघाउन तयार छन्। तर ठाकुरले २२ जनालाई ‘कन्फर्म’ सूचीमा राखेका छन्। यसमा पूर्व राजपाका महेन्द्र यादव अर्का अध्यक्ष उपेन्द्रसँग नजिक छन्। त्यसैले तत्कालका लागि उनको नाम कन्फर्म सूचीमा राखिएको छैन

यी हुन सांसदहरु

ओली सरकारमा नजाने भन्दै लडाइँ गरिरहेका जसपा अध्यक्ष उपेन्द्र यादवकै पूर्व सपाबाट ७ जना सांसदको नाम ठाकुर खेमाले तयार गरेको स्रोतले जनाएको छ।

ठाकुर नेतृत्वको समुहले पूर्व सपाका सांसदहरु विमल श्रीवास्तव,रेणु यादव, इस्तियाक राइन,उमाशंकर अरगरिया,प्रदीप यादव,रुही नाज खातुन र कलुदेवी विश्वकर्माको नाम आफ्नो खेमामा राखेको छ।

स्रोतका अनुसार पूर्व सपाका यो सांसदहरुसहित १६ जना पूर्व राजपाको गरी २२ जनाको नामावली बालुवाटार पेस गरेको छ।

दाबी गलत : पूर्वमन्त्री राइन

स्रोतका अनुसार अहिले पूर्व सपाका यी सांसदहरु आफू यादव पक्षमा रहेको भनिरहेका छन्। यसबारे पूर्व मन्त्री इस्तियाक राइनले आफू आफ्नो पार्टीमा रहने बताए। उनले भने, ‘यो सबै गलत समाचार हो, हाम्रो पूर्व सपाबाट कोही पनि कहीँ जानेवाला छैनन्।’

यसैगरी पूर्व राजपाबाट आफ्नै १६ औं जना सांसदहरु आफूसँगै रहने जानकारी गराएको छ। पूर्व राजपाबाट सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी, एकवाल मियाँ छन्। यसैगरी निर्जला राउत, अमृता अग्रहरि, चन्दा चौधरी, रानी मण्डल, दुलारी देवी खतवे र नरमाया ढकाल छन्।

१७ सांसदमा उपेन्द्रको दाबी गलत
ठाकुर नेतृत्वको खेमाले बालुवाटारमा यो दाबी पेश गरिरहँदा यता उपेन्द्र यादव भने कांग्रेस र माओवादी केन्द्रतिर अर्को दाबी गरिरहेका छन्। उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दा १७ जना सांसदको हस्ताक्षर नै देखाइरहेका छन्। स्रोतका अनुसार उनले पूर्व सपाका १६ र पूर्व राजपाका एक जनाको गरी १७ सांसद आफूसँग रहेको बताउँदै आइरहेका छन्।

तर यादवको यो भनाइमा सत्यता भेटिएको छैन। उनकै पार्टीका विमल श्रीवास्तवले उनको दाबीको खण्डन मात्रै गरेका छैनन्, अध्यक्ष यादव झुठ बोलिरहेको टिप्पणी समेत गरेका छन्।

‘मैले कुनैपनि हस्ताक्षर गरेको छैन, यदि कसैले त्यो पेस गर्छ भने त्यो गलत हो,’ उनले भने, ‘त्यति मात्रै होइन, उपेन्द्र यादव जाली मान्छे हुन्, त्यही भएर उहाँको साथमा हामी छैनौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah