काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ। तर, अत्यावश्यक सेवाका लागि भने पास नचाहिने भएको छ।

निषेधाज्ञाको पहिलो दिन निकै चहलपहल देखिएकाले आजबाट थप कडाइ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। धेरैले कामबिना नै हिडडुल गरिरहेको पाइएकाले कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ।

निषेधाज्ञामा कडाइ गरिने भए पनि आज अत्यावश्यक सेवाका लागि भने पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी तोकिएका सेवाका लागि पास नचाहिने जनाएको छ।

सूचनामा निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने उल्लेख छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयले तोकेका कार्यमा जाँदा कतै अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न पनि आग्रह गरेको छ।

अत्यावश्यक काम नहुँदा पनि पास लिने क्रम बढेकाले यस्तो व्यवस्था गरिएको जनाएको छ। अब जिल्ला प्रशासन कार्यालयबाट पास जारी नहुने भएको छ।

कोरोनाभाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लागू गरिएको छ। उपत्यकासँगै देशका १८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
-हिमालखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah