दमक÷माओबादी केन्द्रका नेता तथा पूर्वमन्त्रि राम थापा (बादल)ले स्थानीय तहको निर्वाचन नेपालमा पहिलो पटक भएको बताउदै यो नगर र गाँउस्तरको सरकार भएको बताएकाछन् । उनले २० बर्षपछि नभइ नेपालमा पहिलोपटक यस प्रकारको निर्वाचन भएको भन्दै यस्तो बताएकाहुन् ।

झापाको दमकमा शनिबार भएको चुनावीसभालाइ सम्बोधन गर्दै माओबादी नेता थापाले अब राजतन्त्र र सिंहदरबारबाट निर्देशित हुने समय सकिएकाले जनताको निर्देशन अब पालना हुने बताए । उनले भने–‘२ सय ५० बर्षपछि जनताले यो अधिकार पाएकाछन् र यो ठूलो उपलब्धि हो ।’

आफूहरुले उठाएको माग यहि भएको भन्दै अब जनता अधिकार सम्पन्न भएको थापाले जनाए । आफ्नो ठाँउको बिकासको मोडेल र बिकासका पूर्वधार बनाउनेमात्र नभए नीति बनाएर कार्यन्वयन गर्ने सम्मको अधिकार अहिले रहेको उहाँको भनाइ थियो । नगर तगा गाँउमा नै अब ब्यवस्थापिका र न्यायपालिका समेत हुने भएकाले सिंहदरबार गाँउनगरमा आएको स्पष्ट पारे ।

कार्यक्रममा पूर्व मन्त्री तथा माओबादी केन्द्रका नेता राम कार्कीले माओबादीले दमकमा जित हासिल गरिसकेको बताए । उनले माओबादीका एजेण्डाहरु स्थापित बन्दै गएको बताउदै अब माओबादीको जित शुनिश्चित भएको दाबी गरे ।

मेयरका उम्मेद्वार गगन पुरीले बिकास र सम्बृद्धिको परिकल्पनालाइ शाकार पार्न आफूजस्तो सक्षम उम्मेद्वारहरु कोहि पनि नभएको जनाए । उनले आफूले जनताको मन जितिसकेकाले अब चुनाव पनि जित्ने दाबी गरे । पुरीलाइ मेयरका उम्मेद्वार रोम ओली र राम थापाको आलोचना गरेका थिए ।

कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने बताइएपनि अस्वस्थताले आउन नसकेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah