मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीति तातेको छ भने एकपछि अर्को गर्दै छिटोछिटो राजनीतिक घटनाक्रम विकसित हुँदै गएको छ ।

पूर्वनिर्धारित समयमै आइतबार दिउँसो १ बजेदेखि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन चल्ने कार्यतालिका बेक्र गर्दै बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका हुन् । विहान आठ बजे पोखरेल राजीनामा लिएर प्रदेश प्रमुख धर्मनाथ यादव कहाँ पुगेका थिए ।

मुख्यमन्त्रीसँगै प्रदेश प्रमुखको कार्यालयमा पुगेका सरकार प्रवक्ता मन्त्री बैजनाथ चौधरीका अनुसार राजीनामा स्वीकृत भएपछि काम चलाउन सरकारको पत्र प्रदेश प्रमुख दिएका थिए । पत्र पाउनासाथ मन्त्रिपरिषद बैठक राखेर उनले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए ।

स्रोतका अनुसार उनले एक सांसद माओवादीतिर लागेको सुइँको पाएपछि नयाँ सरकार गठनमा गोलमाल हुने निष्कर्षका साथ हतारहतार प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

दाङबाट प्रदेशसभा ३ खबाट वलीले नेकपाका तर्फबाट उप चुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलको बहुमत गुमेको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्भक कुमार पुन मगरले भने आइतबार दिउँसो १ बजेको बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयबाट पत्र आइसकेको बताए । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनमा संकट आउने देखिएको छ ।

प्रदेशसभाको बैठक अन्त्य गर्ने निर्णय गर्नासाथ एमाले संसदीय दलको बैठक बसेर पोखरेलको नेतृत्वमा संविधानको धारा १६८ को १ अनुसार एकल सरकार गठन गर्ने निर्णय संसदीय दलको बैठकबाट गराएका थिए । सो निर्णय लिएर आवश्यक प्रक्रिया अघि बढाउन पोखरेल प्रदेश प्रमुख धर्मनाथ यादवकहाँ पुगिसकेको सन्दर्भमा एक सांसद माओवादीतिर लागेपछि नयाँ ट्वीस्ट आएको हो ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए। तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड दिएको हो ।
-रातोपाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah