काेराेना भाइरसकाे संक्रमण बेगले फैलिरहेकाे छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षकाे तुलनामा मृत्युदर पनि बढी देखिएकाे छ । यस्ताे अवस्थामा काेराेना लागिहाल्याे भने के खाने, कति खाने, केका लागि खाने ? यसबारे जानकारी राख्दा फाइदाजनक हुन्छ । घरमै बसेर डाक्टरले भनेअनुसार खानपिनमा ध्यान दिइयाे भने सम्भावित हानिबाट बच्न सकिन्छ ।

डाक्टरहरू भन्छन्, ‘कोरोना निको हुने कुरा व्यक्ति स्वयम्‌मा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग राेग प्रतिराेधात्मक क्षमता (इम्युनिटी पावर) धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ । त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।

धेरैले चाउचाउ र बिस्कुटजस्ता तयारी खाजा खाने गरेका छन् । तर, यस्ता खानेकुराले झन् असर गर्न सक्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । संक्रमितका लागि खानेकुरा सरकारले नै व्यवस्था गरेको छ ।

पौष्टिक तत्वयुक्त खानेकुरा भन्नेबित्तिकै महँगो फलफूल वा भिटामिन नै खानुपर्छ भन्ने छैन । हामीले दिनहुँ खाने र हाम्रै भान्सामा भएका तर याद नगरेका खानेकुराबाट पनि प्रसस्तै मात्रामा इम्युनिटी पावर बढाउने पौष्टिक तत्त्व पाइन्छ ।

के खाने ?

ज्वानो, मेथी, बेसार र मरिच, तुलसीको पत्ता त अक्सर हाम्राे भान्सामा हुन्छन् नै । यी चीज त तरकारीमा हालेर बिहानबेलुकै खाने गरिन्छ । संक्रमितलाई सादा खाना खुवाउनुपर्छ पनि भनिन्छ, तर यसाे गर्न हुँदैन । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती ज्वानो, मेथी, बेसार, मरिच मिसाएर बनाएको मसालाजन्य तरकारी खान सुझाउँछिन् । यसबाट संक्रमितमा खानाप्रतिको अरुचि पनि हुँदैन र इम्युनिटी बढाउनका लागि मद्दत पनि मिल्छ । उनले भनिन्, ‘तुलसीको पात, शीतलचिनीलगायतका जडीबुटी संक्रमतिलाई खुवाउने हो भने इम्युनिटी पावर बढ्छ ।’

घाममा बस्ने

चिकित्सकहरूका अनुसार धेरैजसाे संक्रमितहरूमा भिटामिन डीको कमी पाइन्छ । संक्रमणपछि काेठामा थुनिएर बस्दा शरीरलाई आवश्यक भिटामिन डी पुग्दैन । संक्रमित भइएकाे छैन भने पनि शरीरमा भिटामिन डीकाे कमी हुन दिन हुँदैन । किनकि, भिटामिन डी कमी भएमा काेराेना सर्ने जाेखिम बढी हुन्छ । त्यसैले सकेसम्म हरेक दिन बिहानकाे घाममा बस्नुपर्छ ।

कोदो, गहुँबाट बनेका खाजा खाने

घरमा संक्रमित छन् भने उनीहरूलाई जंक फूड नदिन डा. अरुणा सुुझाउँछिन् । जंक फुडकाे साटो घरमै भएको कोदो, फापर, गहुँ, मकै, अण्डा खान दिनुपर्छ । उनी भन्छिन्, ‘बरु दालभात खानु, तर जंक फुड खानबाट बच्नुपर्छ ।’

यी खानेकुराले राेगसँग लड्न मद्दत गर्छन्

बेसार, मरिच, खोर्सानी, जिरा, धनियाँ, मेथी, टुसा उमारेका खानेकुरा, मह, कागती, अमला, अम्बा, फलफूल, दही, मोही, चिज, माछा, मासु र अण्डा राम्रोसँग पकाएर खानु स्वास्थ्यका लागि राम्राे हुने चिकित्सकहरू बताउँछन् । एक दिन मात्र होइन, सकेसम्म नियमित यी खानेकुरा खाँदा राेग प्रतिरोधात्मक क्षमता बढ्छ । डा. उप्रेतीका अनुसार यस महामारीसँगै हामीले हाम्रो खानपान र जीवनशैलीलाई बदल्नु आवश्यक छ ।

चुराेटबिँडी, जाँडरक्सी नखाने, नियमित ब्यायाम गर्ने, ध्यान, योग गर्ने, किताब पढ्ने, समयमा सुत्ने, समयमै उठ्ने, सकारात्मक सोच्ने, तनाव नलिँदा शरीर स्वस्थ रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah