दाङ । गृहमन्त्री जनार्दन शर्माले चुनावमा जनताको मत किनबेच हुन सक्ने भन्दै मतदाताहरुलाई नै निगरानी गर्न भनेका छन् । आइतबार बिहान दाङको राप्ती गाउँपालिका–१ मा आयोजित कार्यक्रममा शर्माले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न आग्रह गरे ।

गृहमन्त्री शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी ढुक्कसँग मतदान गर्नुहोला ।’ मन्त्री शर्माले दाङमा पनि माओवादी केन्द्रका उम्मेदवारलाई मत माग्न भ्याए । उनले माओवादी केन्द्रका उम्मेदवार विजयी भए शासक नभई जनताको कामदारको रुपमा काम गर्ने शर्माले सुनाए । उनले भने, ‘माओवादी केन्द्रबाट झुठा आश्वास आउँदैन । काम गरेर देखाइन्छ ।’

हाम्रा उम्मेदवारहरु जनताको मन जितेर अघि बढ्छन् । आश्वासन बाँड्दैनन्, मन्त्री शर्माले भनेका छन् ।
जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको सम्झिँदै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिर्न लागेको बताए । माओवादीकै पहलमा जारी भएको संविधानमा स्थानीय तहलाई २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकार भएको मन्त्री शर्माले बताए ।

२० वर्षदेखि माओवादीकै एजेण्डामा अघि बढेको भन्दै मन्त्री शर्माले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah