प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठक अघि रणनीति तय गर्नको लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेसले आउँदो शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो। विश्वासको मत लिने भन्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाएको अवस्थामा कांग्रेसले कसरी अघि बढ्ने भन्नेबारेमा रणनीति बनाउनको लागि बैठक बोलाएको हो । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारिसकेको छ। साथै कांग्रेसले माओवादी केन्द्रसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ।
-नेपलिपात्र बाट



