दमक/झापाको दमक ७ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर थापा र महिला सदस्य ऋतु चाम्लिङले संयुक्त ¥याली प्रर्दशन गरेका छन् ।
आइतबार निकालिएको प्रर्दशनमा वडाध्यक्षका उम्मेदवार थापाको चुनाव चिन्ह्र मुठ्ठी र महिला सदस्य चाम्लिङको चुनाव चिन्ह्र खाम (लिफा) अंकित प्लेकार्ड, झण्डा, तथा व्यानर सहित वडाका विभिन्न स्थानको परिक्रमा गरिएको थियो । स्वतन्त्र उम्मेदवारको समर्थनमा सयौंको संख्यामा रहेका सर्बसाधारणले थापा र चाम्लिङको पक्षमा नारा लगाएका थिए । यस क्रममा थापाले पार्टीहरुमा हैकमबादी सोचले गर्दा सही नेतृत्वलाई माथि उठ्न नदिने गरिएको बताए ।
यसलाई चिर्ने उदेश्यले आफुहरु स्वतन्त्र जनमतको सम्मानकालागि मुठ्ठी चिन्ह्र लिएर उठ्न बाध्य हुनु परेको बताए । सर्वसाधारण जनताको नेतृत्व गर्ने नेतालाई पार्टी भित्र जहिले पनि दवाउने काम भएको उनको भनाई थियो । थापाले यस अघि राप्रपा नेपालको सस्थापक नगर अध्यक्ष हुदै नौ बर्षसम्म नेतृत्व गरेका थिए । साथै राप्रपाको एकिकरण पछि पार्टीको जिल्ला सदस्यता तथा महाधिवेशन प्रतिनिधी
यस्तै चाम्लिङले समाजमा रहेर सेवा गर्न कुनै पार्टीको लगाम हुनुपर्छ भन्ने बाध्यता नभएको बताइन् । स्वतन्त्र जनताको सेवा गर्न स्वतन्त्र उम्म्ेदवारलेमात्र सक्ने भएकाले आफ्नो उम्मेदवारी घोषणा भएको उनको दावी छ । दुवैजना उम्मेदवारले आफ्नो पक्षमा जनमत रहेकाले बिजय सुनिश्चित रहेको समेत दावी गरे ।



