राजस्व अनुसन्धान विभागले सुन तस्करीको आरोप लागेका एक जना भारतीय नागरिक र एक जना नेपालीविरूद्ध दुई अर्ब ४३ करोड ८६ लाख ८० हजार विगो मागदाबीसहित मुद्दा दायर गरेको छ।

मुद्दा दायर भएकामा भारतीय व्यक्ति अब्दुल मजिद अनेकल र एस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङ छन्। उनीहरुबाट छ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा दाखिला भएको थियो। पटक-पटक सुन तस्करी गरी राजस्व चुहावट गरेको आरोपमा उनीहरूलाई विभागले उच्च अदालतमा मुद्दा दायर गरेको छ।

हेटौंडा उपमहानगरपालिका रातोमाटे चेकपोस्टमा बिनाबिलविजक, लुकाइछिपाइ बसमा लैजाँदै गरेको छ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद भएको थियो। विभागले उनीहरूविरूद्ध अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानमा उनीहरुले पटक-पटक सुन तस्करी गर्ने गरेको खुलेको विभागको आभियोगपत्रमा उल्लेख छ।

विभागले उनीहरुसँग विगो, विगोको दोब्बर जरिवाना र कैद सजाय माग गरेको छ। विभागले राजेश गुरुङको हकमा थप चार करोड ३० लाख ७९ हजार ४०० रुपैयाँ, भैरव स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठको हकमा चार करोड ५६ लाख ६ हजार ८२७ र काठमाडौं बस्ने शंकर घिमिरेको हकमा चार लाख २९ हजार ५१३ रुपैयाँ विगो कायम गरी वैशाख १२ गते उच्च अदालत हेटौंडामा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
-नेपाललाइभ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah