नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । शुक्रबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ । नेताहरूले सक्रियता बढाएका छन् ।
बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए । रावल आज दिउँसो पनि देउवा निवास पुगेका थिए ।
-बाह्रखरी बाट



