काठमाण्डाै – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
प्रदेश-१ बाहेकका तराईका क्षेत्रमा अहिले नै घाम चर्किएको छ भने पहाडी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।
प्रि-मनसुनकै समय भएकाले प्रदेश-२ बाहेकका प्रदेशमा दिउँसोपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
प्रदेश-१ का केही ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा दिउँसोपछि मेघगर्जन,हावाहुरी र चट्याङ्गसहित पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो ।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।



