प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार दिउँसो विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई सहयोगका लागि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
प्रधानमन्त्रीले अन्तर्वार्ताका क्रममा संक्रमणबाट नागरिकलाई जोगाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेकोसमेत बताएका छन्। निषेध आदेशलगायतका विभिन्न निर्णयहरू गरेर सरकारले अहिलेसम्म स्थितिलाई नियन्त्रण बाहिर जान नदिएको पनि उनले प्रष्ट पारेका छन्।
विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन उनले विशेष अपिल गरेका हुन्।



