काठमाडौं, २७ बैसाख । दिनहुँ कोरोना संक्रमितको संख्या र मृत्यु दर बढेसँगै सरकारले देशभर मानिसको आवागमनमा कडाइ गरेको छ ।
संक्रमण तीब्र बनेसँगै स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन् । अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ६९ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ ।

निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गए रातिदेखि निषेधाज्ञा शुरु भएको छ ।

बैशाख पहिलो हप्तादेखि नै बढी प्रभावित जिल्लाहरुमा निषेधाज्ञा शुरु भए पनि सङ्क्रमण न्यूनीकरण हुन भने सकिरहेको छैन । सरकारले सङ्क्रमण नियन्त्रणका लागि प्रयास जारी राखेको बताए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै स्थानीय बासिन्दाले नै हेल्चक्र्याइँ समेत गरेको देखिएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।
निषेधाज्ञा जारी भएका जिल्ला र समय तालिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah