रौतहट, २७ बैसाख । कोरोना भाइरस संक्रमणबाट रौतहटको कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रमा एक जनाको मृत्यु भएको छ ।
कटहरिया नगरपालिका– २ हंथियाही गाउँका संक्रमित ५० बर्षीय पुरुषको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । पछिल्लो चार पाँच दिनदेखि ज्वरो रुघाखोकी लागेका उनको गाउँघरमै उपचार चलिरहेको थियो ।

आइतबार साँझ स्वासप्रश्वासमा समस्या आएपछि थप उपचारको लागि उनलाई प्राथमिक स्वास्थ केन्द्र कटहरिया लगिएको थियो । उपचारमा संलग्न एक स्वास्थकर्मी अहेव बिनोद गुप्ताले अक्सिजनको मात्रा एकदम न्यून भएकाले श्वास फेर्न समेत गाह्रो भइरहेका उनलाई उपचार चल्दै गर्दा मृत्यु भएको बताए ।

मृतक पुरुषको लक्षण कोरोनासँग मिल्दो रहेकाले आरटी पिसिआर जाँचको लागि उनीसँगै तीन जनाको स्वाब संकलन गरि जिल्ला अस्पताल गौर पठाईएको थियो । जाँचमा मृतक र उनको श्रीमती समेतको रिपोर्ट पोजेटिभ र छोरीको नेगेटिभ आएको अहेव गुप्ताले जानकारी दिए । मृतकको शव प्रहरीको सहयोगमा गएराति नै दाहसंस्कार गरिएको कटहरिया नगरपालिकाले जनाएको छ । कोरोनाको दोस्रो भेरिएन्टले रौतहटमा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार सांझसम्म जिल्लामा संक्रमितको संख्या ४२० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah