२८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म पसल खोल्न पाइने भएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो ।

निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्णरोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको हो । यसअघि १५ जनासम्म भेला भएर पार्टी प्यालेस र होटलमा विवाह गर्न पाउने नियम थियाे ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेसँगै बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरेको छ ।

कालिमाटी र बल्खुको तरकारी बजारबाट खुद्रा तरकारी किनबेचमा रोक लगाइएको छ । मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तरकारी बजार पनि संक्रमणको स्रोत भएको निष्कर्ष निकालेकाे हाे ।

यस्तै बैठकले सबै निर्माण कार्य पनि रोकिने जनाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय बैठकले गरेको हो । निजी निर्माण कार्यमा पनि रोक लगाउने निर्णय गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कार्यालय २५ प्रतिशत मात्र खोल्न निर्देशन दिएपनि त्यसभन्दा बढी खुलेको निष्कर्ष निकाल्दै प्रशासनले अनुगमन गर्ने निर्णय गरेको छ । उपत्यकाका सरकारी कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित गरिएको छ । सरकारी कार्यालयमा आन्तरिक कामका लागी थोरै कर्मचारी कार्यालय जाने र कर्मचारीलाई पनि अनावश्यक हिँडडुलमा रोक लगाउने निर्णय गरिएको छ ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah