२८ बैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी A330 विमान चीनको राजधानी बेइजिङ गएर करिब ३० टन अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर भर्खरै काठमाडौं अवतरण गरेको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको २० हजार थान अक्सिजन सिलिण्डर मध्ये हाल तयार भएको ४ सय अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर लिएर काठमाडौं आईपुगेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नेपालबहसलाई जानकारी दिएका छन् ।
४ जना पाईलटसहित चालक दलका १४ जना सदस्यहरू, उडानमा संलग्न ग्राउण्ड स्टाफहरू, बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरू, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सबैलाई महाप्रबन्धक पौडेलले धन्यवाद दिएका छन् ।
gas यसपछि पनि बाँकी सामान तयार हुनासाथ तुरून्त जान सकिने गरि निगमलाई तयारी अवस्थामा राखिएको उनले बताए । कोरोना संक्रमणको अप्ठ्यारो अवस्थामा निगमले देशको सेवा गर्नु आफ्नो कर्तव्य ठानेको बताउँदै महाप्रबन्धक पौडेलले भने, “दुईजना नेपाली नागरिकको पनि ज्यान बचाउन सकियो भने निगमले आफूलाई भाग्यमानी ठान्नेछ ।”
यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत रहेने छ । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो



