झापाको बिर्तामोडस्थित दुई स्थानमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले सोमबार मध्याह्न बम डिस्पोज गरेको हो।

बिहान बिर्तामोड–५ स्थित सुब्बाचोक र त्यसको सय मिटर दक्षिणतर्फ रहेको कनकाई रोडमा बम भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माका अनुसार विस्फोटक पदार्थ नेपाली काँग्रेसको वडा प्रचार कार्यालय, मतदान केन्द्र देवी मावि र नेकपा माओवादी केन्द्रका तर्फबाट बिर्तामोड नगरपालिका उपप्रमुखकी उम्मेदवार लक्ष्मी न्यौपाने (सरु)को डेरालाई लक्षित गरी राखिएको थियो।

डिएसपी शर्माले विष्फोटक पदार्थ निर्वाचनविरोधि गतिविधिमा संलग्न समूहले राखेको हुनसक्ने बताए। बिर्तामोडस्थित देवी मावी मतदान केन्द्र अगाडि वम जस्तो संङ्काष्पद बस्तु भेटिएपछि नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाले सो स्थान घेरा हालेर बसेको थियो । विहानैबाट वम जस्तो वस्तु देखिएपछि बिर्तामोडको जनजीवन त्रसित वनेको थियो ।

यद्धपि मतदाताहरु भने आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन आतुर रहेका छन् । मतदाताहरुले बमसंग नडराउने भन्दै आपराधिक गतिविधि सञ्चालन गर्नेलाइै तुरुन्त पक्राउ गरि कारबार्ही गर्न सर्वसाधारणले माग गरेका छन् ।

यसैबीच नेपाली सेनाको टोली बम निस्क्रिय गरेसंगै विर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ । विर्तामोडमा नै कम बम फेला परेपछि प्रहरीले जिल्लाभरकै सुरक्षा ब्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah