प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र आधुनिकीकरणको बाटोमा नेपाल एक कदम अघि बढेको बताउनुभएको छ ।
नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो ३ हजार सिट क्षमताको गोदावरी सनराइज सम्मेलन केन्द्रको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कतिपय मानिसले केही पनि काम भएन भनिरहेको बेला लगातार निर्माणका काम भई उद्घाटनका काम भइरहेको बताउनुभयो ।
File Photo
यो देखेर केही मानिसहरु आत्तिएको उहाँले बताउनुभयो । ‘कुनै विषय नपाएपछि केही मानिसले धरहरा तयार नहुँदै उद्घाटन गर्यो भने’, प्रधानमन्त्रीले भन्नुभयो ।
यसमा पनि त्यसो भन्न सक्ने बताउँदै उहाँले कसैको आदत नै नकारात्मक टिप्पणी गर्ने हुने बताउनुभयो । त्यस्ता मानिसको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।
तयारी भन्दा छिटो कोभिड बढेकोले तीब्र तयारीमा सरकार जुटिरहेको उहाँले बताउनुभयो । ‘मानिसहरुको ज्यान गइरहेको छ, यो बहुत दुःखको कुरा हो, यो ज्यान बचाउने कुरालाई सबैभन्दा महत्वपूर्ण विषय बनाएर सरकार हिँडिरहेको छ’, प्रधानमन्त्रीले भन्नुभयो ।
-न्युज२४ टि.भि



