रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा गरिएको छ ।
शनिबार पुल्चोकबाट नजिकैको सोह््रखुट्टेपाटीसम्म रातो मत्स्येन्द्रनाथको रथ तानिएको हो । शनिबार सिमित व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पूरा गर्दै रथयात्रा गरेका थिए ।
मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष रथयात्राको पहिलो दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।
गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।
रातो मत्स्येन्द्रनाथ जात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ ।



