चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आइतबारदेखि लगाउन सुरु गरिएको छ । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्नेछन् । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिन्छ । अहिले रसुवा, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी सात जिल्लामा यो खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

खोप लिन जाँदा भीडभाड नगर्न, मास्क लगाउन र भौतिक दूरीको ख्याल गर्न सरकारले आग्रह गरेको छ । सरकारले जारी गरेका सबै सूचनाहरुमा दूरी कायम गर्ने, मास्क लगाउने, र भीडभाड नगरी खोप लगाउनुपर्छ भनेर स्पष्ट भनिएको छ ।

भीडभाड गरे, मास्क नलगाए र स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना नगरेमा कोरोना सङ्क्रमण थप फैलन सक्छ । भिडभाडमा को संक्रमित छन् ? को छैनन् भन्ने थाहा हुँदैन । यस्तो अवस्थामा सङ्क्रमण भएकाबाट अरु सङ्क्रमण नभएकामा पनि कोरोना भाइरस सर्न सक्छ । त्यही भएर सरकारले भने अनुसार जनस्वास्थ्यको अनिवार्य रुपमा पालना गर्नुपर्छ ।

यी जिल्लाहरुका स्वास्थ्य कार्यालयले खोप लगाउने समयतालिका प्रकाशित गरेका छन् । त्यही सूचना हेरेर आफ्नो पालो परेको दिन खोप लगाउन जानुपर्छ । यी बाहेकका जिल्लाहरुमा भेरोसिल खोप पठाइएको छैन । दुई लाख ९० हजार जतिलाई खोपको पहिलो मात्रा दिइएको छ ।

पहिलो डोज लगाउँदा पाएको खोप कार्ड लिएर केन्द्रसम्म गएर खोप लगाउन सकिन्छ । कोरोना भाइरसको सङ्क्रमण भएमा खोप लगाउन जानु हुँदैन । पहिला सङ्क्रमित नभएको बेला लगाइसकेको भए पनि पालो आयो भनेर खोप लगाउन जानु हुँदैन । सङ्क्रमितले एक महिनापछि खोप लगाउनुपर्छ । एक महिना कुर्नुपर्छ । पछि खोप पाइँदैन कि भनेर शंका गरेर जे सुकै होस् भनेर खोप लगाउनु हुँदैन ।

६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको पहिलो डोज खोप दिइए पनि दोस्रो डोज खोप लगाउन सकिएको छैन । अहिले खोपको अभाव छ । खोप ल्याउनका लागि सक्दो प्रयासहरु भइरहेका छन् ।
खोप ल्याउने बित्तिक्कै पहिलो डोज ल्याएर दोस्रो डोजको पर्खाइमा रहेका र एउटा डोज पनि खोप नपाएकाहरुका लागि लगाइन्छ । कसरी र कसलाई दिने भनेर पछि सूचना सार्वजनिक गरिन्छ ।

पहिलो डोज जुन कम्पनीको खोप लगायो, दोस्रो पनि त्यही डोज खोप लगाउनुपर्छ । पहिला कोभिसिल्ड लगाएकाले दोस्रो भेरोसिल वा पहिलो भेरोसिल लगाएकोले दोस्रो कोभिसिल्ड खोप लगाउनु हुँदैन ।

(स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमसँगको कुराकानीमा आधारित) उज्यालो बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah