काठमाडौं । बैंकर अनिल केशरी शाहले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले मुलुक कोरोना भाइरसको दोस्रो लहरका कारण निकै कठिन परिस्थितिबाट गुज्रिरहेको यो अवस्थामा कसैको मुख हेरेर नबसी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।

शाहले एक भिडियो अपिल सार्वजनिक गर्दै महामारीको यस कठिन समयमा पनि चिकित्सक नर्स लगायत सुरक्षा निकाय जसरी महामारीसँग लडिरहेका छन् त्यसमा सबैले साथ र सहयोग गर्न जरुरी रहेको बताएका छन् । उनले नागरिकले कुनै पनि आर्थिक गतिविधिका लागि समस्या भोग्न नपरोस् भनेर आफ्ना कर्मचारी र आफै पनि विभिन्न शाखाहरु मार्फत सेवा दिन तल्लिन रहेको र यसमा स्वास्थ्यका मापदण्ड पालना गरी सहयोग गर्न सबैमा अपिल गरे ।

शाहले अगाडी भनेका छन्, ‘म हात जोडेर सबैलाई आग्रह गर्दछु कि आजको यस अवस्थामा आएर हिजो यो हुनुपर्दथ्यो त्यो हुनुपर्दथ्यो, यसले यो गरेन त्यो गरेन भनेर नबसौँ । सबैले आ–आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो गरौं । विगतमा रुमल्लिनु भन्दा आजको अवस्थाबाट कसरी पार पाउने बारे उपाय खोजौँ । आज के गर्नुपर्छ भन्नेमा सबै केन्द्रित हौं ।’

आफ्नो स्वास्थ्यको जिम्मेवार आफै भएकाले कसरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने बारेमा सचेत हुन शाहको आग्रह छ । उनी अब सरकारको वा कसैको मुख हेर्नुभन्दा पनि आफैलाई हेरेर अगाडि बढ्नुपर्ने अवस्था आएकाले आलोचनामा अल्झिनुभन्दा आफै जिम्मेबार बनेर अगाडि बढ्नु पर्ने बताउँछन् ।

अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटर खोज्दै ज्यान गुमाउनुपर्ने अवस्था भएकाले अति आवश्यक नपरी बाहिर ननिस्किन पनि उनले आग्रह गरे ।

शाहले भनेका छन्, ‘कोरोनाबाट बचाउने मुख्य यन्त्र नै मास्क भएकाले मास्क लगाऔँ । सामाजिक दुरी कायम गरौं, कुनै कामका लागि हतार नगरौं । आज डाक्टर, नर्स, पुलिस आर्मी जस्तै हामी पनि जनतालाई सेवा दिन बैंक आएका छौं । तपाई सकेसम्म बाहिर ननिस्किनुस्, घरमै बस्नुस् । बैंकका कामको लागि सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्नुस् । आउनै परे पनि भिडभाड नगरी सामाजिक दुरी कायम गरिदिनुस् । यति गर्नुभयो भने हामी पनि सुरक्षित रहन्छौं तपाई पनि सुरक्षित रहनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah