बिशेष सम्पादकीय
झापाको दमक, बिर्तामोड कन्काइ नगरपालिका लगायतका क्षेत्रमा शंकाश्पद बस्तु तथा बिस्फोटकजन्य पदार्थ (बम) फेला परेको छ ।
उम्मेदवारको घर अगाडि नै बम राखेर उम्मेद्वारलाइ र मतदातालाइ आंतकित पार्ने काम भएको छ । यो जसले गरेको भएपनि निन्दनीय छ । जे उदेश्यले गरिएपनि खेदजनक रहेको छ । जनता मतहाल्नु उत्सुक रहेकाछन् । १४ गते बिहानलाइ आतुर भएर पर्खेर बसेकाछन् । यस्तो अवस्थामा उम्मेद्वार र मतदातालाइ नै आतंकीत पार्ने काम हुनु बिडम्बना पूर्ण छ ।
यसले सुरक्षा ब्यवस्थाप्रति शंका उत्पन्न गराएको छ । यस बिषयमा प्रशासन गम्भिर हुनु पर्दछ । सरोकारवालाहरुको ध्यान जानु आवश्यक छ ।
उम्मेदवारहरु पनि उत्साहित छन्, मतदाता पनि उत्साहितछन् । झापा नै निर्वाचनयम बनेको छ । यस्तो अवस्थामा यो हर्कत जन बिरोधी हो । यो कसैलाइ मान्य हुदैन ।
जनताको नाममा राजनीति गर्न खोज्नेहरुले यसको हेक्का राख्नु पर्दछ । जनता सचेत भइसकेकाछन् । जनताको पक्षमा राजनीति गर्नेहरुले यो बुझ्नु पर्छ । निर्वाचनलाइ सहयोग गर्नु पर्छ ।



