दमक/ झापा दमकका लायन्स क्लव तथा यसमा आवद्ध लायन्स लिडरहरुको अग्रसरतामा सरकारी दमक अस्पतालद्धारा सञ्चालित कोभिड उपचार केन्द्र नजिकै सुविधायुक्त आईसुलेसन सेन्टर निर्माण शुरु भएको छ । यहाँ रहेको संरचना र दमक नगरपालिकासंग रहेका श्रोत साधनहरु समेत उपयोग गर्दै लायन्स क्लवहरुको सक्रियतामा सुविधायुक्त आईसुलेसन सेन्टर निर्माणको काम भइरहेको हो ।
यसमा दमक उद्योग बाणिज्य संघले समेत ठुलो सहयोग पुर्याउदै आएको र संयुक्त रुपमा जुटेर काम भइरहेको लायन्स लिडर ज्ञाननाथ पौड्यालले बताए । यसमा बिभिन्न सघसंस्थाहरुले समेत सहयोग गर्न ईच्छा प्रकट गरेको उनले जनाएकाछन् ।
नगरपालिकासंग भएका श्रोत र साधनहरुको समेत प्रयोग गर्दै त्यहाँ आवश्यक नभएका सामाग्रिहरु जुटाएर सुविधायुक्त आईसुलेसन सेन्टर बनाउने र अबको एकदेखि दूई दिनभित्र नै सञ्चालनमा आउने पनि उनको भनाई रहेको छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमक नगरपालिकाको आग्रह बमोजिम आफुहरुले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने बताए । उनले दमकमा कोरोना संक्रमितले चोहेको अवस्थामा आईसुलेसन सेन्टरमा रहन सक्ने अवस्था सिर्जना गर्न सबैको साथ र सहकार्यमा अघि बढ्न सकिने उनको भनाईछ ।
दमकका सबै लायन्स क्लवका अध्यक्ष लगायत सदस्यरुको सहभागिता यो काम भइरहेको जोन चियर पर्सन काशि खातीले बताए । दमकको सरकारी कोभिड उपचार केन्द्र नजिक रहेको र दमक नगरपालिकाले नै यसलाई सञ्चालन गर्ने भएकाले उपयुक्त स्थान भएको बताईएको छ ।



