इटहरी । इटहरी वार्ड नं. १७ का वार्ड अध्यक्षका उम्मेदवार लोकेन्द्र सञ्जेलका भाई पदम सञ्जेलमाथि सोमबार राती कुटपिट गरिएको छ । रातको समयमा पकलीस्थित बुवाको घरमा बसिरहेको अवस्थामा उनीमाथि युवाहरुको एउटा समुहले आएर कुटपिट गरेको युवा संघ इटहरीका होमनाथ धमलाले जानकारी दिएका छन् । धमलाकाअनुसार यसरी आउने युवाहरुको समुह नेपाली काँग्रेससम्बद्ध थियो ।

‘सुट गर भन्दै घर घेरेपछि पदमजी लुक्नुभो, तर लुकेको ठाउँबाट निकालेर पनि मुक्का र लात्ती प्रहार गरे,’ प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै धमलाले भने । घटनाको विरोधमा मंगलबार बिहानैदेखि सामाजिक सञ्जालहरुमा एमाले सम्बद्ध नेता, कार्यकर्ताका साथै सर्वसाधारणहरुले विरोध जनाएका छन् । उनीहरुले लोकतन्त्रको पहरेदार भनिएको पार्टीबाट मध्यरातमा घर घेरेर कुटपिट गरिएको भन्दै विरोध जनाएका हुन् । घाइते सञ्जेललाई उपचारको लागि इटहरीस्थित ऐपेक्स अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah