झापाको दमक लगायतको क्षेत्रमा मतदातालाइ प्रभाव पार्नका लागि उम्मेदवारहरु पैसा बाँडन हिडेपछि जिल्ला प्रशासन कार्यालय झापामा बसेको सर्वपक्षिय बैठकले बेलुका ८ बजेपछि हिड्डुलमा प्रतिबन्ध लगाएको छ ।
८ बजेपछि ५ जनाभन्दा बढिको समुहमा हिड्डुल गर्न नपाउने, ८ बजे सबै होटलहरु बन्द गराउनु पर्ने र दूइवटा भन्दा बढि मोटरसाइकल संगै लिएर हिडेको पाइए कार्वाही गरिने झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताएकाछन् ।
उम्मेदवारहरुलाइ राती नहिड्न सचेत गराउने बिषयमा पनि सर्वपक्षिय छलफलमा कुरा उठेको थियो । प्रहरीले झापाको दमक लगायतका क्षेत्रमा राती १ बजेपनि उम्मेद्वारहरु हिडेको पाएको भन्दै सर्वदलिय बैठकमा राजनीतिक दलहरुको ध्यानकर्षण गराएको थियो ।
राती उम्मेदवारहरु भेटिएमा पक्राउ गर्ने सहमति बनेको सर्वदलिय बैठकमा बसेका एक सुरक्षा अधिकारीले जानकारी दिएकाछन् । प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सुरक्षा अगमा प्रमुखहरु छलफलमा सहभागि रहेका थिए ।



