काठमाडौं, १३ असार– पहिलो चणमा चुनाव भएका सवै स्थानीय तहका प्रतिनिधिले डेढ महिने कार्यकाल विताए पनि भरतपुर महानगरपालिकामा माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यात्दा त्यहाँ विजयी घोषणा हुनै लागेका पदाधिकारीको अझै टुंगो लागेको छैन । गणना अन्तिम अवस्थामा पुगेपछि पुन मतदान गराउने माग गर्दै माओवादी प्रतिनिधिले भरतपुर–१९ को मतपत्र च्यातेका थिए ।  निर्वाचन आयोगले मतपत्र च्यात्ने कसुरदारको माग अनुरुप नै पुन मतदान गर्ने निर्णय गरेपछि सोका विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सर्वाेच्चमा सुनुवाईले लामो प्रक्रिया लिइरहेका बेला सर्वोच्च अदालतको आदेश बमोजिम भरतपुर महानगरपालिका वडा नं १९ मा गणनाका क्रममा च्यातिएका मतपत्रहरु मंगलवार सर्वाेच्च अदालतमा बुझाइंदैछ ।

भरतपुरको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा गत जेठ १४ गते मध्यरातमा माओवादी बुथ प्रतिनिधिले मतपत्रहरु च्यातेका थिए। मतपत्र च्यातेपछि चितवन प्रहरीले तत्का लै दुई माओवादी कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको थियो। मतपत्र च्यात्ने माओवादी कार्यकर्ता उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई चितवन जिल्ला अदालतले थुनामुक्त गरिसकेको छ। भरतपुरको १९ र २० नम्बर वडाको मत गणना हुन बाँकी रहँदा एमाले उम्मेदवार  देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहालभन्दा ७८१ मतले अगाडी थिए। ती दुई वडाको गणनापछि अन्तिम परिणाम घोषणा हुँदै थियो। त्यही बेला माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए।

प्रमुख निर्वाचन अधिकृत कवीप्रसाद न्यौपानेले मतपत्र च्यात्नेलाई आफूले नदेखेको बताएका थिए। उनले मतगणनास्थल रणमैदानमा परिणत भएको सार्वजनिक जानकारी दिएका थिए। मतपत्र च्यातिएको वडा नं १९ मा मतगणना वा फेरि मतदान गराउने भन्ने विषयमा एक महिना हुन लाग्दा पनि निर्णय आएको छैन। निर्वाचन आयोगले मतपत्रहरु च्यातिएका कारण त्यहाँ फेरि मतदान गराउने निर्णय गरेको थियो। तर एमालेले आयोगको निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले च्यातिएका मतपत्रको सक्कल प्रति मगाएको हो। मतपत्र च्यातेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले फेरि मतदान गराउनु पर्ने माग गरेका थिए । एमालेले भने गणना सुरु गर्नु पर्ने अडान राख्दै आएको छ।

काँग्रेसको गढको रुपमा परिचित वडा नं १९ मा खसेको २८९७ मतमध्ये १८ सय मत गन्दा पनि रेणुको पक्षमा सोचे अनुरुपको मत आएको अवस्था थिएन। माओवादीले आशा गरेअनुसार मत नपाएपछि उसले मतपत्र च्यात्दै  पुन मतदान माग गरेको थियो भने निर्वाचन आयोगले मतपत्र च्यात्ने पक्षको मागलाई सदर गरेको थियो ।  सर्वोच्च अदालतले च्यातिएका मतपत्रहरु, मतपत्र च्यातिएपछि प्रहरीले गरेको रिपोर्टिङ र मतपत्र च्यातेको अभियोगमा चितवन जिल्ला अदालतमा चलेको मुद्दाको मिसिल मगाउने आदेश गरेको थियो। सर्वाेच्चका कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतपत्र, मतपत्र च्यात्नेलाई लगाइएको मुद्दाको मिसिल र पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयको सक्कल प्रति माग गरेको थियो । मतपत्र आएपछि मुद्दाको सुनुवाई कहिले हुन्छ भन्नेमा भने केही वताइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah