काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसद सहमत देखिएका छन् ।

माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही बिरामी परेको भन्दै रावलले संसद विघटनको विरुद्ध ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए । मेटमणी चौधरी दाङमा रहे पनि उनले समर्थन रहेको जनाएका छन् । यो संख्या बढ्ने क्रममा रहेको रावलको भनाइ छ ।

संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, झपट रावल, रामकुमारी झाँक्रीलगायतका सांसद हस्ताक्षर जुटाउन सक्रिय छन् ।

सांसद पाण्डेले पार्टी एकताको प्रयास अझै पनि जारी रहेको तर संसद जोगाउन आफूहरुले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर रिट दायर गर्न लागेको बताए ।

गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।

हेर्नुस् सूची

 

नेपाल प्रेस बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah