अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम एक प्रहरी हवल्दारले भूँइमा नखस्दै मतदान केन्द्र भन्दा बाहिर फालिदिएका छन् ।

सुन्दा अचम्म लाग्ने साहस प्रहरी हवल्दार गोरेबहादुर रानाले गर्नु भएको हो । मतदान केन्द्रलाई लक्षित गरी अज्ञात समूहले फालेको बम रानाले भूँइमा खस्न नपाउँदै मतदान केन्द्रभन्दा बाहिर फालेका हुन् । दाङको तुलसीपुर ३ अम्बास मतदान केन्द्रको बुथ सुरक्षामा रहेका प्रहरी हवल्दार गोरेबहादुर रानाले ज्यानको प्रवाह नगरी बुथलाई लक्षित गरि प्रहार गरेको बम भूईमा खस्न नपाई फालेको थिए ।

अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

हवल्दार राणाले बम समातेर मतदान केन्द्र भन्दा बाहिर नफालेको भए मतदान स्थलमा क्षति पुग्ने भए पनि उहाँको साहसले कुनै क्षति नभएको प्रहरीको भनाइ छ ।

सुरक्षाकर्मीले उक्त मतदान केन्द्रका मतदातालाई निधक्क मतदान गर्न आग्रह गरेको छ । बम पड्किएपछि केही समय तनाव भएको भए पनि अहिले सामान्य अवस्थामा मतदान प्रक्रिया अगाडि बढेको छ ।अन्नपूर्णबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah