दाङ, १४ असार– प्यारालाइसिसले थलिएकी ७६ वर्षीया टुकादेवी रावत दुई घन्टा डोली चढेर मतदान गर्न आइपुगेकी छिन् । चार पटक सरेर बल्ल बल्ल भएको स्थानीय तहको दोस्रो चरणको चुनावमा भोट हाल्ने ईच्छा पूरा गर्न उनले डोलीको सहारा लिएकी हुन् ।

टुकादेवीले परिवार र आफन्तसँग भोट हाल्ने ईच्छा जसरी पनि पूरा गरिदिन आग्रह गरेपछि परिवार  र छिमेकीले उनलाई डोलीमा बोकेर दुई घन्टाको बाटो पार गर्दै मतदान केन्द्र ल्याएका हुन् । १४ वर्षदेखि प्यारालाइसिसले थलिएर हलचल समेत गर्न नसक्ने उनी मताधिकार प्रयोग गर्न उत्साही थिइन् ।  जसरी भोट हाल्न पाउनु पर्ने उनको माग आएपछि छोराहरुले उनलाई डोलीमा बोकेर मतदान केन्द्र ल्याएका थिए ।

उनको घर रहेको मालेगाउँबाट घोराही उपमहानगरपालिका वडा नंबर १ को आधारभूत विद्यालय सिमलतारा मतदान केन्द्रमा उनले मतदान गरिन् । त्यहाँ आइपुग्न दुई घन्टा लाग्छ । आफूलाई बृद्धभत्ता दिने पार्टीका उम्मेदवारलाई भोट हाल्ने ईच्छा लागेकाले डोली चढेर मतदान गर्न आएको उनले मतदानपछि वताइन् । ‘आज खुसी लागेको छ, भोट हाल्ने मेरो ईच्छा पूरा भयो’ मतदान गरिसकेपछि टुकादेवीले भनिन्, ‘हामीजस्ता बृद्धा र अशक्तलाई जसले सेवा गरेको थियो, त्यसैलाई भोट दिएँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah