१४ असार । प्रमुख दलका शीर्ष तथा प्रभावशाली नेताहरुले दोस्रो चरणको निर्वाचनमा बिहानैदेखि मतदान गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, भीम रावल लगायतका नेताहरुले बिहानै मतदान गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा पुगेर मतदान गरेका छन् । उनले गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा रहेको असिसग्राममा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सभामुख ओनसरी घर्ती मगरले रोल्पा नगरपालिका वडा नम्बर ७ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनीसँगै माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि मतदान गरेका छन् । सोही मतदान केन्द्रबाट पुनले मतदान गरेका हुन् ।

त्यसैगरी परराष्ट्र मन्त्री कृष्णबहादुर महराले रोल्पाकै वडा नम्बर १ बाट मतदान गरेका छन् ।
नेकपा एमालेका नेता वामदेव गौतमले वर्दियाको बाँसगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । अर्का उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी एमाले सचिव प्रदिप ज्ञवालीले गुल्मी रुरु नपा ४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । एमाले नेता सुवास नेम्वाङले इलाम नगरपालिकाको बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले पनि इलाममै बालमन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah