दमक/दमकमा आज शुक्रबार बिहान थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक १० कि ति महिलाको उपचारका क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको हो ।
उनलाई साता अघि स्वास्थ्य समस्या भएपछि उपचारका लागि ल्याइएको थियो । उनको पीसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले ति महिलाको आज बिहान साढे ९ बजे मृत्यु भएको पुष्टि गरेका छन । दमकमा आजै दुई जना मृतक थपिएसंगै कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ । यो कोरोनाको नयाँ भेरियन्ट दमकमा देखिए यताको संख्या हो । गएको चैत्र २५ मा दमकमा पहिलो पटक कोरोनाको दोश्रो भेरियन्ट देखा परेको थियो ।



