काठमाण्डाै – सुनको भाउ आज घटेको छ । चाँदीको भाउ भने स्थिर छ । आज सुनको भाउ चार सय रुपैयाँले घटेर तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ थियो । आज चाँदी भने हिजो जस्तै तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



