काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र ७ लाखका दरले जम्मा ४९ लाख सहयोग गरेको हो।

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमणबाट उत्पन्न परिस्थितिमा सरकारसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah