सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ ।

अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता १ हजार ४५८ मेगावाट पुगेको छ ।

यो गत वर्षको तुलनामा ४.१ प्रतिशतले बढी हो । प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।

२०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित ८ हजार ५८२ किलोमिटर र कच्ची सडक ९ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ ।

सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पुर्‍याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ ।

आर्थिक सर्वेक्षण अनुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ । काठमाडौंको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूललगायत महत्वपूर्ण ऐतिहासिक एवं पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah