एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको भारतीय सञ्चारमाध्यले बताएका छन् ।

पछिल्लो समय एक दिनमा एक लाख ८६ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

यसअघि दैनिक तीन लाख १८ हजार ८९५ जना सङ्क्रमित भएका थिए भने एकैदिनमा तीन हजार ६६० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९३ हजार ४१० जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रबारसम्मको तथ्याङ्क छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि बढेर ९०.३४ प्रतिशतसम्म पुगेको छ । बिहीबार मात्रै भारतमा २० लाख ७० हजार ५०८ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार १५२ रहेको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah