अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै खोपका लागि बजेट विनियोजन गरिएको बताए ।
अर्थमन्त्री पौडेलले कोरोनाको निःशुल्क परीक्षण र उपचारका लागि बजेट विनियोजन गरेको समेत बताए ।



