अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको यातायात खर्च शतप्रतिशत बढाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै यातायात खर्च १२ हजार पुर्याएको जानकारी दिए ।
उनले निजी अस्पतालमा अक्सिजन प्लान्ट जडानमा लाग्ने पुँजीगत लागतमा ५०% अनुदान दिने घोषणा गरेका छन् । उनले विद्युत् खपतमा समेत अनुदान दिइने बताए ।
अर्थमन्त्री पौडेलले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि २६ अर्ब ६५ करोड बजेट विनियोजन गरेका छन् ।
अर्थमन्त्री पौडेलले कोरोनाको निःशुल्क परीक्षण र उपचारका लागि बजेट विनियोजन गरेको समेत बताए ।



