विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमक ३ मा दूई बर्ष भित्र नै अन्तराष्ट्रिय मदन भण्डारी रंगशाला तयार हुने बताईएको छ । आज अर्थमन्त्री बिष्णु पौड्यालले बजेट भाषण मार्फत २ बर्ष भित्रमा सञ्चालनका लागि तयार पारिने ब्यवस्था मिलाईएको बताईएकाछन् ।

५ अरबभन्दा बढि लगानीमा यहाँ अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने भएको हो । यसका लागि बिद्यूतीय बोलपत्र आह्वान भएर अहिले छनौट प्रक्रियामा गइसकेको समेत जनाईएको छ । यसै आर्थिक बर्षबाट निर्माण शुरु हुने छ ।

दमक ३ को हम्सेदुम्से बन क्षेत्रभित्र बन्न लागेको रंगशालाका लागि बजेट शुनिश्चित भएको हो । अर्थ मन्त्री पौड्यालले गरेको बजेट भाषणमा युवा तथा खेलकुद क्षेत्रमा यसलाई महत्वका साथ बेग्लै बुदामा राखिएको छ ।

ओलीले अन्तराष्ट्रिय मदन भण्डारी रंगशालालाई यस क्षेत्रका जनताका लागि उपहारको रुपमा ब्याख्या गर्दै जसरी पनि बनाई छाड्ने प्रतिबद्धता जनाउदै आएका थिए । यसभन्दा अघि कमल गाँउपालिका वडा नं. ५ मा यो प्रस्ताव गरिएपनि नामको बिषयमा विवाद भएको थियो ।

मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उपलब्ध गराउने सरकारको निर्णय रहेको थियो । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव एवं नेकपा एमालेका नेता ईन्द्र भण्डारीका अनुसार प्रधानमन्त्री ओलीको खेलकुदा क्षेत्रको माया र विकासप्रतिको चाहना, स्थानीयको सहयोग र तदारुकताका कारण नै यहाँ अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah