भारतका प्रख्यात यूट्युबर खान सरको असली नाम के हो भन्ने विषयमा विवाद उठेको छ । खान सरले यूट्युबमा जनरल स्टडीज अर्थात् जीएस देशी शैलीमा सजिलो गरी पढाउने हुनाले उनका प्रत्येक भिडियोले लाखौं भ्युज पाउँछन् ।

हालै उनले पाकिस्तानमा फ्रान्सका विरुद्ध भइरहेको प्रदर्शनका विषयमा गरेको टिप्पणी विवादित भएपछि उनी वास्तवमा को हुन् भन्ने विषयमा धेरैले चासो दिएका छन् ।

मुसलमानहरूलाई अप्रिय लाग्ने अनि मोदी सरकारको प्रशंसा गर्ने किसिमको कुरा उनले भिडियोमा गर्ने भएकाले खान सर वास्तवमा हिन्दू भएको र खान भनी मुसलमानको थर लिएको भन्ने अनुमान पनि धेरैले गरे ।

एउटा टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले आफ्नो नाम अमित सिंह भनी कसैले पुकारेको र त्यही नाम हुन सक्ने बताए । पत्रकारले जति खोर्‍याएर सोधेको भए पनि उनले वास्तविक नाम बताएनन् ।

तर आजतकले बिहारको पटनामा उनलाई चिन्ने मानिसहरूसँग सोधखोज गर्दा उनको वास्तविक नाम पत्ता लगायो । साथीहरूले बताएअनुसार, खान सरको वास्तविक नाम फैसल खान हो । उनीसँगै खान सर जीएस रिसर्च सेन्टरमा पढाउने महेन्द्र सागरले त्यसको पुष्टि गरे ।

त्यस्तै खान सरसँग भाटपाररानीस्थित विद्यालयमा पढेका सलीम अलीले पनि उनको नाम फैसल खान नै भएको बताए । खान सर आफू चाहिँ धर्मको आधारमा भन्दा भारतीय नागरिक भएको आधारमा सबैले चिने हुन्थ्यो भन्ने आशा राख्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah