काठमाण्डौ – आउँदो जेठ १८ अर्थात् पर्सिदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् ।

नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार, दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ । कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ ।

के छ कतारको अवस्था ?
कतार जाने भएपछि कतारको अवस्था बुझेर गए सजिलो हुन्छ । पछिल्लाे समय कतारमा काेराेनाकाे जाेखिम केही घटेकाे छ । याेसँगै अहिले कतारमा कोरोनाका कारण केही समय पहिलेदेखि गरिएका केही प्रतिबन्धहरु खुकुलो पारिएको छ ।

घरबाहिर (आउट डोर) दश जना जति भेला हुन दिइएको छ । बाहिर निस्किँदा सबैले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । यस्तै कुनै कार्यक्रममा भेला हुन तथा जमघटमा जान कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने छ । घरभित्र पनि ५ जना भन्दा बढी भेला नहुन भनिएकाे छ । त्यो पनि सबैले कोरोनाको खोप लगाएको हुनुपर्छ ।

बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ । आफ्नो निजी साधनमा भए पनि मास्क अनिवार्य गरिएको छ । यस्तै सिनेमा तथा थिएटरहरु आफ्नो कुल क्षमताको ३० प्रतिशत जति मानिस राखेर सञ्चालन हुन थालेका छन् । स्वास्थ्य मापदण्ड ताेकेर पार्कहरु खुल्ला गरिएका छन् । तर यहाँ जानको लागि कोरोना विरुद्धको खोप लगाएको प्रमाण अनिवार्य रुपमा हुनुपर्ने छ । यस्तै संग्राहलय तथा सार्वजनिक पुस्तकालयहरु पनि खुलाइएका छन् ।

यस्तै मेट्रो सहित सार्वजनिक यातायातका साधनहरु पनि क्षमताको ३० प्रतिशत जति मात्रै यात्रु राखेर सञ्चालन भइरहेका छन् । तर यातायातभित्र धुम्रपान गर्ने क्षेत्र भने बन्द छन् भने खानाखान प्रतिबन्ध छ । शैक्षिक क्षेत्र तथा निजी तालिम केन्द्रलाई पनि आफ्नो क्षमताको ३० प्रतिशत जति मात्रै मानिस राखेर सञ्चालन गर्न दिइएको छ । जीम, ब्युटिपार्लर, सैलुन लगायतका व्यवसाय सुरक्षा मापदण्ड पूर्ण पालना गरेर सञ्चालन गर्न दिइएको छ । सेवाग्राही र कामदार सबैले अनिवार्य कोरोना विरुद्धको खोप लगाएको हुनुपर्छ ।

कतारको लागि उडान खुला गरे पनि खाडीका अरु देशमा उडान अझै खुलेका छैनन् । खाडीका देश बहराइन, कुवेत, यूएई र मलेसियाले त नेपालबाट हुने उडानमा समेत प्रतिबन्ध लगाएका छन् । यस्तोमा नेपालबाट गएका यात्रुलाई कुनै पनि देशमा ट्रान्जिट भएर ती देश प्रवेशमा पनि निषेध छ । यसकारण नेपाली यात्रुले मध्यपूर्वका देशमा प्रवेश गर्नको लागि कतार ट्रान्जिट बनाएर जान पाउने छैनन् । तर नियमित उडान बन्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन् ।

बैशाख २३ गते मध्यरातदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।

कतारमा रहेका आप्रवासी नेपालीलाई उपयोगी मोबाइल एप्स

उज्यालो अनलाइन बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah