जारी दाेश्राे चरणकाे स्थानीय निर्वाचनकाे समयमा बिना अनुमती सवारी चलाएकाे भन्दै पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पूर्व क्षेत्रबाट ६ सयबढी साना सवारीसाधनहरू नियन्त्रणमा लिएकाे छ । सवारी साधनहरूमध्इे धेरै जसाे माेटरसाइकल रहेका छन । यसै दमकमा पनि १०० वटा जति मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिएका छन ।

निर्वाचनकाे बेला सवारी चलाउनु परेमा निर्वाचन अायाेगकाे अनुमती मागेर मात्रै सडकमा गुडाउन पाइन्छ तर अनुमतीबिनै सडकमा गुडाइएका त्यस्ता सवारीसाधनहरूलार्इ ट्राफिक प्रहरीले पक्राउ गरी नियन्त्रणामा लिएकाे छ । अहिले सम्म ६ सय बढी सवारीसाधनहरू प्रहरीले नियन्त्रण्मा लिर्इ सकेकाे छ भने संख्या अझै बढने क्रममा रहेकाे छ ।




