झापाको दमकमा ३४ हजार २ सय ८८ मत खसेको छ । कूल मतदाता संख्या ४६ हजार ५ सय २३ हो । अबेर सम्म भएको मतदानमा ३४ हजारभन्दा बढि मत खसेको पाईएको हो ।
मतदानमा पुरुषभन्दा महिला बढि सहभागि भएकाछन् । १५ हजार ६ सय १२ पुरुष र १८ हजार ६ सय ७६ महिला सहभागि भएको बताईएको छ । यो प्रतिशतमा ७३.७० प्रतिशत हो ।
दमकमा शान्तिपूर्ण रुपमा मतदान सकिएको र अहिले सबै मतमेटिकाहरु दमक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए ।
दमकमा एक बृद्धको मतदान केन्द्रमा ज्यान गएको थियो । मतदान गर्नु अघि नै दमक ९ का नगेन्द्र भण्डारीको ज्यान गएको हो ।



